काठमाडौं, साउन ३२ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
काठमाडौंका १२६ जना, भक्तपुरका ८ जना र ललितपुरका ३८ गरी कुल १७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी बताए।
FACEBOOK COMMENTS