काठमाडौं, असोज २७ – काठमाडौं उपत्यकामा आज एकै दिन २१ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३५ सय ५६ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २१ सय २९ जना थपिएसँगै जोखिम बढेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १५ हजार ५ सय ७७ जनाको पिसीआर परिक्षणमा ३५ सय ५६ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
FACEBOOK COMMENTS