काठमाडौं, पुस २ – काठमाडौं उपत्यकामा थप ३६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ३६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा २७३, भक्तपुरमा ४१ र ललितपुरमा ४९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।