काठमाडौं, पुस २९ – पछिल्लो २४ घण्टामा काठमाडौं २४६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २३ हजार ५३० जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १८९ , ललितपुरमा ३८ र भक्तपुरमा १९ जनालाई कोरोना संक्रमण देखिएको छ।
हालसम्म काठमाडौंमा मात्र ९९ हजार ३३९ जना संक्रमित भएका छन्, जसमध्ये ४८३ जनाको मृत्यु भएको छ। हालसम्म ९६ हजार ५५१ जना निको भएका छन्।
FACEBOOK COMMENTS