काठमाडौं, जेठ ७ – शुक्रबार देशभर ८ हजार ६०७ जना कोरोना संक्रमित थपिंँदा काठमाडौं उपत्यकामा मात्रै २ हजार ४४७ जना संक्रमित फेला परेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ७५२ जना, भक्तपुरमा २९५ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित भेटिएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर २२ हजार ३५३ जनाको आरटी–पीसीआर र ८७३ जनाको एन्टिजेन परीक्षणबाट ८,६०७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ९७ हजार ५२ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १७७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार २४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८९० जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जित्नेको संख्या ३ लाख ७४ हजार ८३६ जना पुगेको छ । यो कुल संक्रमितको ७५.४ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा २८ लाख ७८ हजार १४६ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १ लाख १६ हजार १९२ जना आइसोलेसन र ९१२ जना क्वारेन्टिनमा छन् ।
FACEBOOK COMMENTS