काठमाडौं, जेठ ९ – पछिल्लो विवरण अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ जना छ । त्यसमध्ये २९ हजार ५२५ जना काठमाडौं उपत्यकामा मात्रै छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७ हजार ८७९ जना, भक्तपुरमा ४ हजार ८०१ जना र ललितपुरमा ६ हजार ८४५ जना गरी उपत्यकामा सक्रिय संक्रमितको संख्या २९ हजार ५२५ जना पुगेको हो ।
त्यस्तै काठमाडौं उपत्यकामा हालसम्म २ हजार ८५ जना संक्रमितले ज्यान गुमाएका छन् । तथ्याङ्क अनुसार काठमाडौंमा १ हजार ४२९ जना, भक्तपुरमा २७९ जना र ललितपुरमा ३७७ जनाले ज्यान गुमाएका छन् । पछिल्लो विवरणअनुसार नेपालभर कुल मृतकको संख्या ६ हजार ३४६ जना पुगेको छ ।
त्यस्तै हालसम्म काठमाडौंमा १ लाख ५८हजार १७ जना, भक्तपुरमा १३ हजार २७८ जना र ललितपुरमा २३ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म काठमाडौंमा १ लाख ७७ हजार ३२५ जना, भक्तपुरमा १८ हजार ३५८ जना र ललितपुरमा ३० हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यका थपिए २ हजार ८२१ जना नयाँ संक्रमित
FACEBOOK COMMENTS