काठमाडौं, जेठ ८ – शनिबार देशभर कोरोना भाइरसका ८ हजार ९८० जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा २ हजार ३१८ जनासहित बागमती प्रदेशमा ३ हजार ८७३ जना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा १ हजार ११ जना, ललितपुरमा ३२ जना र भक्तपुरमा १७९ जना संक्रमित थपिएका हुन् ।
अघिल्लो दिन काठमाडौं उपत्यकामा २,४४७ जना संक्रमित थपिएका थिए
शनिबार काभ्रेपलाञ्चोकमा ५२५, चितवनमा १५५, दोलखामा १४, धादिङमा १७३, नुवाकोटमा १४२, मकवानपुरमा १८७, रसुवामा १०, रामेछापमा ८३ जना, सिन्धुपाल्चोकमा १६५ र सिन्धुलीमा १०१ जना संक्रमित थपिएका छन् ।
थप ८,९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ५ लाख नाघ्यो
शनिबार १२९ जना संक्रमितको मृत्यु, ८,८४८ जना डिस्चार्ज
FACEBOOK COMMENTS