काठमाण्डौँ — काठमाडौं–तराई–मधेस दु्रतमार्गको दुरी घट्ने भएको छ।
पछिल्लो विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा पहिलाको रेखांकनमा सामान्य र सुरुङ मार्गलाई संशोधन गरिएपछि दु्रतमार्गको समग्र दुरी करिब चार किलोमिटर घट्ने भएको हो।
दक्षिण कोरियाको सोसुंग इन्जिनियरिङ कन्सल्टेन्सीले तयार गरिरहेको डिपिआरमा दु्रतमार्गको समग्र दुरी घटाएर र सुरुङको दुरी बढाइएको हो।
विगतमा भारतीय कम्पनी आइएल एन्ड एफएसले तयार पारेको डिपिआरमा दु्रतमार्गको कुल लम्बाइ ७६ किलोमिटर हुने उल्लेख थियो।
त्यस्तै, ऊबेला दु्रतमार्गमा मकवानपुरको महादेवटारडाँडानजिकै १.४ किलोमिटर सुरुङ बनाउने उल्लेख थियो।
२०७४ वैशाख २१ गते तत्कालीन सरकारले दु्रतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेपछि डिपिआर पनि नयाँ तवरले बनाउन लगाइएको हो।
दु्रतमार्ग निर्माण आयोजना प्रमुख तथा नेपाली सेनाका उपरथी योगेन्द्रबहादुर खाँणले संशोधित डिपिआर माघ १९ गतेसम्म प्राप्त हुने जानकारी दिए।
— नागरीक
FACEBOOK COMMENTS