काठमाण्डौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक जाम नियन्त्रण न्यून गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर रुट पुनरावलोकनको काम गरिरहेको छ।
हेलिकोप्टरको उपत्यका प्रवेश रुट परिवर्तन गर्दा सुरक्षालाई उच्च प्राथमिकता दिइएको प्राधिकरणको भनाइ छ ।
हाल उपत्यका प्रवेशका लागि हेलिकोप्टरका ८ रुट छन् । प्राविधिक कार्यदल गठन गरी यी रुट परिवर्तनको गृहकार्य गरिरहेको प्राधिकरणले बताएका छन् ।
आगामी मंसिरसम्म कार्यदलले हेलिकोप्टर रुट पुनरावलोकन गरिसक्नेछ।
कार्यदलको अध्ययनपछि उसले गरेको सिफारिशअनुसार नेपालका विभिन्न स्थानबाट काठमाडौं भित्रिने हेलिकोप्टरको रुटमा फेरबदल हुनेछन्। हाल टोखा, थानकोट, सुन्दरीजल, कमलविनायकसहित ८ स्थानबाट हेलिकोप्टर राजधानी भित्रिने गर्छन्।
FACEBOOK COMMENTS