काठमाडौं, बैशाख १४- काठमाडौं प्रहरी परिसरले पूर्वप्रहरी महानिरीक्षक (आईजीपी )सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध उजुरी लिन अस्वीकार गरेको छ ।
समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप जनता समाजवादी पार्टी, नेपालका डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, सुरेन्द्र यादबलगायतका नेताहरु काठमाडौं प्रहरी परिसर पुगेका थिए ।
तर परिसर प्रमुख श्यामलाल ज्ञवाली कार्यालयमा उपस्थित भएपनि आफूले उजुरी दर्ता गर्न नसक्ने जवाफ दिएका थिए । उनले महोत्तरी घटना भएकाले त्यहीँ गएर उजुरी दर्ता गराउँदा ठीक हुने राय समेत दिएको नेताहरुले बताएका छन् ।
FACEBOOK COMMENTS