काठमाडौं– काठमाडौं मलमा उद्यो वाणिज्य संघ काठमाडौंका कर्मचारी माथि आक्रमण भएको छ । काठमाडौं मलको भाडा सम्बन्धमा सिर्जित अन्योलताका विषयमा पहल गरिदिन मलका व्यापारीले अनुरोध गरेपछि त्यहाँ पुगेका कर्मचारी माथि मल कब्जामा लिन खोजिरहेका केही व्यक्तिले आक्रमण गरेका हुन्।
काठमाडौंको मुटुमा रहेको प्रसिद्ध व्यापारिक केन्द्र काठमाडौं मल खाली गर्न सञ्चय कोषले सार्वजनिक सूचना जारी गरेपछि व्यापारी समस्यामा छन् ।
व्यवस्थापनमा समस्या आएपछि कोषले काठमाडौं मल भवन खाली गर्न ठेक्का लिने शिवलक्ष्मी कोजुको नाममा सूचना जारी गरेको हो । मलको स्वामित्व रहेको कर्मचारी सञ्चय कोषले २०७५ मंसिर १३ गतेबाट ठेक्का अन्त्य भएको घोषणा गरेको छ । साथै एक महिना भित्र भवन खाली गरी हस्तान्तरण गर्न भनेको छ ।
यही समयमा चलखेल गरेर मलाई अनिर्णयको बन्दी बनाउन एक समूह सक्रिय छ । सोही समयको नेतृत्व गरिरहेका केवश सापकोटाको निर्देशनमा उद्योग वाणिज्य संघका कार्मचारी माथि अक्रमण गरिएको बुझिएको छ।
सञ्चय कोषले काठमाडौं मलका व्यापारीहरुलाई पुषदेखि भाडा कारोबार कसैसँग नगर्नु भन्ने आशयको सूचना गोरखा पत्रमा जारी गरिएको छ। तर सापकोटा लगायत भने आफैंले बनाएको समितिको खातामा पैसा हाल्न व्यवसायीलार्इ धम्काउन थालेका थिए। धम्की आउन थालेपछि मलका ब्यवसायीहरु उद्यो वाणिज्य संघ काठमाडौंमा पुगेका थिए।
महानगरीय प्रहरी वृत्त जनसेवा (डिएसपी)टेकुनन्द इवा लिम्बु अनुसार घटनाको जानकारी आइसकेको र काठमाडौं जिल्ला प्रसासन र महानगरीय प्रहरी परिसर काठमाडौंकोमा समेत जानकारी गराइसकिएको छ। यसमा अनुसन्धान भइरहेको उनले बताएका छन्। उद्योग वाणिज्य संघ काठमाडौंले पनि कानूनी कारबाहीका लागि पहल गरिरहेको छ।
FACEBOOK COMMENTS