काठमाडौं, फागुन १२-काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने काठमाडौं मेयर कप फागुन २२ गतेबाट सुरु हुने भएको छ। क्यानले प्रतियोगिताबारे जानकारी गराउँदै ५ टोलीको सहभागिता रहने प्रतियोगिता कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने जनाएको हो।
प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका सेमिफाइनलमा पुगेका चार टिमहरु एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र वाग्मती प्रदेश टिम रहने छन् भने अर्को टोली काठमाडौं महानगरपालिकाको टोली हुनेछ। महानगरपालिकाको टोलीमा सेमिफाइनसम्म नपुगेका प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट खेलेका खेलाडी रहने क्यानले जनाएको छ।प्रतियोगिता एकदिवसीय राउण्ड रोबिनका हिसाबले हुने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जनाए।
FACEBOOK COMMENTS