काठमाडौं, पुस १२ – काठमाडौंको तापक्रम शनिबार सबै भन्दा कम मापन गरिएको छ । शनिबार बिहानको तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।शनिबार मापन गरिएको तामक्रम यो वर्षकै सबैभन्दा कम तापक्रम हो भने तापक्रम अझ ओरालो लाग्ने क्रम जारी रहेको छ ।
यसअघि बिहीबार काठमाडौं उपत्यकाको यस वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम ०.९ थियो। शुक्रबार भने थोरै बढेर न्यूनतम तापक्रम १ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।
सामान्यतया पुस महिना मध्य चिसोको समय रहेकाले यो महिना तापक्रम घटेर देशभरी नै चिसो हुने मौसमविद्ले बताएका छन् ।
अहिले तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा नै रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । तराईका जिल्लामा दिउँसोपछि मात्रै हुस्सु कुहिरो हट्ने गर्दा जनजीवन प्रभावित भएको छ ।
FACEBOOK COMMENTS