डिआइजी बढुवा भएसँगै नेपाल प्रहरीको काठमाडौं जिल्ला कमाण्ड गर्ने महानगरीय प्रहरी परिसर र अपराध महाशाखाको नेतृत्व परिवर्तन हुने भएको छ ।
परिसरका एसएसपी उत्तमराज सुवेदी र महाशाखाका सहकुलबहादुर थापा डिआइजीमा बढुवा भएपछि नेतृत्व फेरिन लागेको हो । बढुवा भएका डिआइजीले सोमबार दर्ज्यानी चिन्ह लगाउँदै छन् । उनीहरूको बढुवापछि रिक्त हुने ती युनिटमध्ये प्रहरी परिसरमा श्यामलाल ज्ञवाली र अपराध महाशाखामा दीपक थापा हाजिर हुने गृह मन्त्रालयश्रोतले जनाएको छ ।
ज्ञवाली २०५१ सालमा इन्स्पेक्टरमा भर्ना भई एसपी बढुवासम्म एक नम्बरका अफिसर थिए । तर, एसएसपी हुँदा तल पारिए। उनी आइजिपी ठाकुर ज्ञवालीका भाइ हुन् । महाशाखा जाने दीपक थापा २०५२ सालमा इन्स्पेक्टरमा भर्ना भएका हुन् । उनी आफ्नो व्याचबाट एसएसपी हुनेमा पहिलो नम्बरका हुन् । अपराध महाशाखाबाट दीपकलाई बदली गर्ने सहकुल र दीपक भक्तपुरस्थित एकै नगरपालिकाका बासिन्दा हुन् ।
– जन आस्था बाट
FACEBOOK COMMENTS