काठमाडौ, कात्तिक १३ – काठमाडौं महानगरपालिकामा कोरोनाभाइरस संक्रमितको संख्या २३ हजार नाघिसकेको छ। महानगरपालिकाको ११ कात्तिकसम्मको विवरण अनुसार, महानगरमा संक्रमितको कुल संख्या २३ हजार २७७ पुगेको छ। जसमध्ये सक्रिय संक्रमितको संख्या ९ हजार ६३ छ।
सक्रिय संक्रमितमध्ये ८ हजार २४२ जना होम आइसोलेसनमा छन् भने २६३ जना संस्थागत आइसोलेसनमा छन्।
महानगरका वडाहरुमध्ये सबैभन्दा बढी संक्रमित वडा नम्बर १६ मा एक हजार ८२० जना भइसकेका छन्। त्यस्तै, वडा नम्बर १५ मा एक हजार ६८६, वडा नम्बर ३२ मा एक हजार ५३५ जना र वडा नम्बर १४ मा एक हजार ४५२ संक्रमित छन्।
३२ वटा वडा रहेको महानगरका वडा नम्बर ३, ९, १०, १३ र ३१ मा संक्रमितको संख्या एक हजार भन्दा बढी छ।
महानगरको शहरी स्वास्थ्य महाशाखाको विवरण अनुसार, कोरोना संक्रमणबाट हालसम्म महानगरमा १३२ जनाको मृत्यु भइसकेको छ।हालसम्म ९०८ जना संक्रमित रहेको वडा नम्बर ४ मा सबैभन्दा बढी ११ जनाको मृत्यु भएको छ।
हेर्नुहोस् काठमाडौं महानगरमा कोरोना संक्रमणको १२ कात्तिकसम्मको वडागत वितरण:
FACEBOOK COMMENTS