काठमाडौ, कात्तिक १३ – प्रहरीले दशैंको समयमा हुने चोरी नियन्त्रण गर्ने विशेष योजना बनाए पनि काठमाडौँका विभिन्न स्थानमा फाटफुट चोरी भएको देखिएको छ। दिउँसोको समयमा मानिस नभएको मौका छोपी कोठाभित्रको सामान तथा पैसा चोर्ने गरेका छन्।
बुधवार दिउँसो काठमाडौं महानगरपालिका वडा नम्बर ९ विजयचोकस्थित एक घरमा चोरी भएको छ। भक्तपुर सूर्य विनायक नगरपालिका-४ दधिकोट घर भएकी ४३ वर्षीया मन्दिरा थापा भण्डारीको कोठामा चोरी भएको हो। उनको कोठाबाट नगद ४८ हजार रुपैयाँ र ग्लोबल बैङ्कको पिन नम्बर लेखिएको एटिएमबाट नगद १ लाख रुपैयाँ चोरी भएको हो।
‘दशैंको समयमा अन्य ठुला घटना भएका छैनन्। तर कोठा तथा घरमा भने फाटफुट चोरीका घटना भएको छ।’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले भने।
FACEBOOK COMMENTS