काठमाडौं, वैशाख १४ –उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा लागू हुने भएपछि विभिन्न जिल्लाबाट काठमाडौं आएकाहरू घर फर्कन थालेका छन् ।सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ वैशाखदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
कोरोनाको संक्रमण तीव्र रूपमा फैलिएको र त्यसको ‘चेन ब्रेक’का लागि भन्दै उपत्यकामा निषेधाज्ञा लगाइएको हो । निषेधाज्ञा लागेपछि पेशा व्यवसाय बन्द हुने भएकाले मानिसहरू घर फर्कन थालेका छन् ।
FACEBOOK COMMENTS