काठमाडौं,चैत १०- काठमाडौं उपत्यकामा कम्तीमा पाँच हजार क्षमताको सार्वजनिक क्वारेण्टाइन स्थल तत्कालै निर्माण गरिने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध क्वारेण्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको बैठकले क्वारेण्टाइन स्थल निर्माणका लागि सम्बन्धित सबै निकाय संयुक्त रूपमा परिचालित हुने निर्णय गरेको हो ।
त्यस्ता ठाउँलाई आवश्यक पर्दा तुरुन्त अस्थायी अस्पतालका रूपान्तरण गर्न सकिनेगरी तयारी गर्ने निर्णय गरेको हो । उपत्यकाका होटल, विद्यालय, रङ्गशालालगायत स्थानमा क्वारेण्टाइन बनाइनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा पर्यटन मन्त्रालयमा भएको बैठकले सार्वजनिक क्वारेण्टाइन स्थलसम्बन्धी मापदण्डको मस्यौदा तयार गरेको हो ।
टोलीको प्रतिवेदन आवश्यकपर्ने स्रोतसाधनरबजेट व्यवस्थापन योजनासम्बन्धी कार्य अर्थ मन्त्रालय, गृह मन्त्रालय, सहरी विकास मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रतिनिधिको टोलीको आज बिहान बस्ने बैठकमा पेश गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । रासस
FACEBOOK COMMENTS