काठमाडौं, कात्तिक ३ – कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी प्रभावित जिल्ला काठमाडौं हो । यस्तै काठमाडौं महानगरपालिका देशभरको सबैभन्दा बढी कोरोना संक्रमित तथा कोरोनाबाट मृत्यु हुने स्थानीय तह हो ।
काठमाडौं महानगरपालिकामा अहिलेसम्म १८ हजार ९ सय ५६ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये १० हजार ८८ जनाले कोरोना जितिसकेका छन् ।
काठमाडौं महानगरमा अहिले ७ हजार ६ सय १० जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । ६ सय ४५ जना अस्पतालमा छन् भने ५ सय १४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
महानगरमा ८ हजार ७ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् । महानगरमा अहिलेसम्म १ सय ८ जना कोरोना संक्रमितको मृत्यु भइसकेका छ ।
FACEBOOK COMMENTS