काठमाण्डौं– द काठमाण्डौं मल व्यापार संघले मलको समस्याको विषयमा नेपाल उद्योग वाणिज्य महासंघलाई ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष सुषमा महराले उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणालाई भेट गरी ज्ञापनपत्र बुझाएको हो ।
काठमाण्डौं मलमा सञ्चयकोषले व्यापारीलाई हटाउने चलखेल गरेपछि मलका व्यवसायी आन्दोलित भएका हुन् ।
मलको व्यवस्थापन सही ढंगले गरेर यसबाट आउने बहाल सवै राज्यकोषमै जाओस् भन्ने चाहना राख्ने व्यापारीहरुलाई नै विचल्ली पार्नेतर्फ सञ्चय कोषका पदाधिकारी अघि बढेको व्यपार संघले आरोप लगाएका छन् ।
द काठमाडौं मल व्यापार संघकी अध्यक्ष सुषमा महराको नेतृत्वमा व्यवसायीले संघर्ष गर्दै कोषको मल भाडामा लिएर व्यापारीलाई आजित पार्ने विचौलियाबाट मुक्ति दिलाएका थिए । सञ्चय कोषको व्यवस्थापनमै चल्ने एक हदसम्मको बाटो पहिल्याएका थिए ।
संघका अध्यक्ष सुषमा महराले वर्षौंदेखि नियमानुसार भाडा तिरेर व्यवसाय गर्दै आइरहेका व्यापारीहरुलाई विनाकारण हटाउने प्रपञ्चमा कोषका कर्मचारी लागेको आरोप लगाएकी छन् ।
महराले सञ्चयकोषले नै व्यपारिक मल भनेर व्यवसायीलाई बोलाएपछि व्यवसायका न्युनतम मूल्य मान्यता पालना गर्नुपर्ने उनले बताइन् ।
महराका अनुसार कर्मचारी सञ्चयकोष सुन्धारा भवन काठमाडौं मल सञ्चालनमा ल्याएयता उसले ब्यवसायीवाट १ अर्व ६६ करोड भन्दाबढी असुलीसकेको दाबी छ ।
FACEBOOK COMMENTS