काठमाण्डौं– काठमाण्डौं मलका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।
मलका व्यवसायीले मल भित्र व्यवसायीक वातावरण नभएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
काठमाण्डौमा पत्रकार सम्मेलन गरि काठमाण्डौं मलको व्यवसायीक छाता संगठन ‘काठमाण्डौ मल ब्यापार संघ’ले आन्दोलन गर्ने जनाएको छ ।
ब्यापार संघले काठमाण्डौं मलमा बढी चलखेल हुँदा व्यवसायी त्रसित हुन परेको जनाएको छ । संघका अध्यक्ष सुष्मा महराले सञ्चयकोषमा केहि विचौलिया बसेकाले व्यवसायीलाई तर्साउने गतिबिधी गरेको जनाएकी छन् ।
कोषले शिव लक्ष्मी कोजु संगको ठेक्का सम्झौता तोडिएपछि मललाई ‘कर्पोरेट हाउस’ का रुपमा सञ्चालन गर्ने योजना बनाएको छ ।
तर, मलका व्यवसायीहरुले ३०० व्यपारीलाई सडकमा ल्याउने निर्णय नगर्न कोष चेतावनी दिएका छन् ।
लाखौं÷करोडौं लगानी गरेर व्यवसाय गरिरहेकाहरुलाई कोषले सडकमा ल्याउन खोजेको अध्यक्ष महराको आरोप छ । ‘टेण्डरबाट छानिएको ठेकदारसँग बीचमै ठेक्का तोडिन्छ, मलको आयभन्दा बढी बोलकबोल गरेर ठेकदार छानेपछि समस्या आउँछ नै’, उनले भनिन् ।
बषौं देखी मलमा व्यवसाय गर्दै आएका व्यवसायीलाई कोषले एक्कासी हटाउन नपाउने संघकी अध्यक्ष सुष्मा महराले बताइन् ।
ठेकदारसँगको असन्तुष्टिले कोषले व्यवसायीलाई मर्कामा पार्न नहुने उनको भनाइ छ ।
संघका सल्लाहकार उज्जलजंग शाहाले व्यवसायीको तर्फ बाट सम्बन्धीत निकायमा ज्ञापन पत्र बुझाउने र अझै पनि समस्या समाधानमा पहल नभए काठमाडौं मलमै भोक हडताल गर्ने चेतावनी दिएका छन् ।
विज्ञप्ती:
राजधानीको मुख्य भागमा रहेको काठमाडौं मल व्यापारिक केन्दका रुपमा २०६२ सालदेखि सञ्चालनमा आएको हो । नेपाल सरकार सञ्चय कोषको लगानीमा निर्मित भवनलाई अझ प्रख्यात व्यापारिक केन्द्र बनाउन यस मलमा व्यवसाय गरिरहेकाहरुको महत्वपूर्ण योगदान छ । तर, मल सञ्चालनका लागि सञ्चय कोषले स्पष्ट नीति नलिँदा सधैं अन्योलको अवस्था सिर्जना हुने गरेको छ । यसले व्यवसायी सधैं समस्यामा पर्ने गरेका छन् । सरकारको भवनको लाभ यो मलमा पसिना बगाइरहेका व्यवसायी र सरकारलाई नभइ विचौलियाले लिँदै आइरहेको पछील्लो घटना क्रमले प्रस्ट पारेको छ । ठेकेदारहरु लामो समय नटिक्ने जस्ता कारणले ठेकदार संग लामो समयको सम्झौता गरेर बसेका ब्यवसायको विचिल्लिको अवस्था सृजना भएको छ । निकै कस्टकर अवस्थामा ब्यवसाय गरिरहेका ब्यवसायीहरुको अनुरोमा संचय कोष आफै आएर ब्यवस्थापन समाल्न थाले पछी डुबेका ब्यपारीहरुले केहि राहतको महसुस गर्न नपाउदैँ विस्तृत योजना , ब्यवसायहरुको पुनरब्यवस्थापनलाई ध्याननै नदिई २१ दिन भित्र ब्यवसाय गरिरहेका ठाउँ खालि गर्न निकालिएको सुचना न्याय संगत देखिदैन र ब्यपारीहरुको अर्वौ रुपैया जोखिममा परेको छ ।
मल एउटा भवन मात्रै नभइ व्यवसायिक केन्द्र पनि भएकाले यसको आफ्नै प्रतिष्ठा छ । जुन सिधा यहाँ व्यवसाय गरिरहेका ३ सय व्यवसायीहरुसँग जोडिन्छ । उनीहरुले आफ्नो व्यवसायलाई नाफामुखी मात्रै नभइ सेवामुखी समेत बनाएकाले नै एउटा भवन आज आमजनको विश्वासिलो किनमेल केन्द्रका रुपमा सुपरिचित छ । व्यवासाय क्षणिक लाभका लागि मात्रै गरिँदैन । दीर्घकालिन लाभको अपेक्षा सहित घरखेत बन्दकी राखेर गरिएको हुन्छ । काठमाडौं मलमा व्यवसाय गर्नेहरुले पनि भविष्यको आशाले वर्तमानमा संघर्ष गरिरहेका हुन् । अनेक उपाय अपनाएर ग्राहकको विश्वास जितेका हुन् । यसरी लागिरहेका व्यवसायीहरुलाई ढुक्क आफ्नो व्यवसाय गर्ने वातावरण बनाउनको सट्टा फेरि पनि अस्थिरता सिर्जना गरेर कर्मचारी संचयकोषले समेत त्रासपूर्ण वातावरण बनाउने काम गरेको छ । २ महिना विति सक्दा पनि भाडा निधारण गर्न सकेको छैन साथै प्रत्यक संचय कोषका कर्मचारीले कहिले कर कार्यालयको अफिस राख्ने कहिले नगर पालिकाले सबै भवनमा अफिस राख्नलागेको छ । जस्ता कुरा गर्ने र ब्यवसायीहरुले सम्पुण भवन जसरी पनि छाडनै पर्छ जस्ता दिनानु दिनका भ्रमपूर्ण कुराले ब्यापारीहरु आत्म हत्याको वाटो रोज्नु पर्ने अवस्था सृजना भईसकेको छ । तसर्थ कमचारी सञ्चय कोषले यस ब्यपारीक केन्द्रलाई ब्यवस्थीत र २०६२ साल देखि ब्यवसाय गरीरहेको ब्यवसायीहरुको हितलाई मध्य नजर गरेर काम गरीदिनहुन र फेरि पनि विचौलिया जन्माउने पैसाको चलखेल गर्ने मउका दिने जस्ता कार्य नगरीदिन अनुरोध गर्दछौं । साथ साथै संक्रमण कालिन देखिको अवस्थामा साथ दिनु भएका सम्पुण संघ सस्था र नेपाल सरकारका निकायहरु र सञ्चार माध्यम साथ दिन विनम्र अनुरोध गर्दछौं ।
अध्यक्ष
सुषमा महरा
द काठमाण्डौं मल ब्यापार संघ
FACEBOOK COMMENTS