काठमाडौं, २८ असोज – सरकारले क्लिन फिड लागू गर्नेगरी आवश्यक प्रक्रिया अघि बढाएको छ । संसदबाट क्लिन फिड ऐन पारित भएपनि सरकारले समयमै तयारी अघि नबढाएको भनी सरोकारवालाले असन्तुष्टि जनाएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सक्रियता देखाएको हो ।
सूचना तथा प्रसारण विभागले विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित (क्लिन फिड) व्यवस्था कार्यान्वयनका लागि सेवा प्रदायक संस्थालाई क्लिन फिड लागू गर्न निर्देशन जारी गरेको छ ।
मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै कात्तिक ७ गतेभित्र सबै विदेशी च्यानलमा क्लिन फिड लागू गर्ने निर्णयको पालना गराउन सबै केबल अपरेटरहरुलाई सूचित गरेको छ ।
मन्त्रालयमा भएको छलफलमा विदेशी च्यानल वितरक तथा सेवादायकहरुले कात्तिक ७ गतेदेखि क्लिन फिड लागू हुनुपर्नेमा सरकारले नै समयमा तयारी नगरेको गुनासो गर्दै क्लिन फिड लागू गर्ने समय बढाउन माग गर्दै मन्त्रालयमा निवेदन पेश गरेका थिए ।
तर, उक्त निवेदनमा मन्त्रालयले कुनै पनि विलम्ब गर्न नसकिने भन्दै कात्तिक ७ गतेभित्र सबै विदेशी च्यानलले क्लिन फिड लागू नगरे कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
FACEBOOK COMMENTS