काठमाण्डौ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले काम गर्न छोडेर राजनीति गर्ने कर्मचारीलाई नछाड्ने चेतावनी दिएका छन्।
प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार बसेको बैठकमा उपस्थिति भएका मन्त्री यादवले आयल निगमका कर्मचारीहरु, कर्मचारी कम र नेता बढी भएको भन्दै त्यस्ता कर्मचारीको व्यवहारलाई मन्त्रालयले नसहने बताए।
मन्त्री यादवले कर्मचारीको व्यवहार नसच्चिए त्यस्ता कर्मचारीको विकल्प सोच्न मन्त्रालय बाध्य हुने चेतावनी दिए।
उनले निगममा महाप्रबन्धक नियुक्त गर्नका लागि परीक्षा भइसकेको भए पनि राष्ट्रिय आपूर्ति कम्पनी गठन भएकाले तत्काल नियुक्त गर्ने नगर्ने भन्नेमा दुविधा भएको स्पष्ट पारे। यसबारे छलफल भइरहेकाले मन्त्रालय छिटै निर्णयमा पुग्ने उनले स्पष्ट पारे।
FACEBOOK COMMENTS