काठमाडौं, माघ २० – कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै कन्टयाक्टलेस भिसा डेविट कार्डको सञ्चालनमा ल्याएको छ । नियर फिल्ड कम्युनिकेशन (एनएफसीमा आधारित उक्त कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ ।
यस प्रविधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरीबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ । यो प्रविधी सरल एवं सहज हुनुका साथै हालको कोभिडको जोखिममा कसैसगँ नछोइकन कारोबार गर्न सकिन्छ । हाललाई यस प्रविधिमार्फत प्रति कारोबार दुई हजार रुपैयाँसम्म बिना पिन कारोबार गर्न सकिन्छ ।
यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS