काठमाडौं, बैशाख २३ – कामना सेवा विकास बैंकले कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस(कोभिड १९) कोे कारणले आमजनमानसमा ठूलो प्रभाव पारेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै बैंक यस प्रतिजिम्मेवार बन्दैे आमजनतालाई कोरोना उपचार खर्चमा सहयोग गर्न सकियोस भन्ने उद्देश्यका साथ बीमा सुविधा सहितको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको हो ।
नेको इन्स्योरेन्स लिमिटेड संगको सहकार्यमा खोलिने यो खाताको न्यूनतम मौज्दात रकम रु ५००० रहनेछ । यो खाता खालेका ग्राहकलाई कोरोना संक्रमणभएको कुरा पि.सि.आर टेष्टद्धारा पुष्टिभएमा रु ५०,००० को बीमा रुकम प्रदान गरिनेछ । कामना सेवाको वेबसाईटमा गई अनलाईनबाट पनि यो खाता सजिलै खोल्न सकिनेछ ।
यस बैंकले देशका विभिन्न ठाँउमा १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवातथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS