काठमाडौं, फागुन १४ – सरकारले रूखले सोसेर राखेको कार्बनडाइअक्साइड विक्रीका लागि विश्व बैंकसँग सम्झौता गरेको छ ।
बिहीवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र विश्व बैंकका राष्ट्रिय निर्देशक फरिस हदद–जेर्भोसले सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतालाई उत्सर्जन कटौती खरीद सम्झौता (ईआरपीए) नामाकरण गरिएको छ ।
उक्त सम्झौता अनुसार प्रतिटन कार्बनडाइअक्साइडको मूल्य ५ अमेरिकी डलर तोकिएको छ । अव नेपालले ९० लाख टन कार्बनडाइअक्साइड विक्री गरेर करीब ५ अर्ब रुपियाँ अर्थात् ४५ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ ।
सम्झौतामा वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत नेपालले उक्त रकम प्राप्त गर्न लागेको उल्लेख गरिएको छ ।
FACEBOOK COMMENTS