काठमाडौं – निजी क्षेत्रबाट सञ्चालित कालिका पावर कम्पनी लिमिटेडले बिहीबारदेखि साधारणसेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।
आईपीओ निष्कासन बन्द छिटोमा असोज १ गते र ढिलोमा असोज २८ गते तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ ।
आईपीओ न्युनतम ५० देखि अधिकतम ६ हजार कित्तासम्म आवेदन दिन पाइने छ । कुल निष्कासन मध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ ।
कालिकाले ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गरिरहेको छ । आयोजनाको कुल लागत १ अर्ब ३८ करोड ६२ लाख रुपैयाँ रहेको छ । आयोजना बनाउन प्रतिमेगावाट लागत २३ करोड १० लाख रुपैयाँ रहेको छ । आयोजनाको लगानी फिर्ता ९ वर्ष ५ महिना रहेको छ । लगानीकर्ताले लाभांश पाउन ९ वर्ष भन्दा बढी अवधि कुर्नुपर्ने देखिएको छ ।
FACEBOOK COMMENTS