काठमाडौं, चैत २७- कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गराएको छ ।
काठमाडौं महानगरपालिकाले कालीमाटीमा भीड बढेर कोरोनाको जोखिम हुने खतरा देखिएपछि उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कालीमाटीमा तरकारी बजार बन्द गर्न निर्देशन दिएको हो ।
महानगरपालिकाले ११ स्थानमा अस्थायी फलफूल तथा तरकारी बजार सञ्चालनमा ल्याउने भएपछि उपभोक्तालाई असहज नहुने हुनाले बन्द गरेको जनाएको छ । बजारमा बिहीबारदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट मात्रै कारोबार गरिन्छ।
महानगरपालिकाले कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई आग्रह गरेको छ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले काठमाडौंको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु , रत्नपार्क, कोटेश्वरमा कलंकी, बाफल, स्वयम्भु, वनस्थलीलगायतका ११ स्थानमा तरकारी बिक्रीको प्रबन्ध गर्नेगरी तयारी भएको जानकारी दिए ।
कालीमाटी बजारमा बाहिरबाट भित्रिएका सबै तरकारी स्टोर गरिन्छ र तिनै तरकारी थोक व्यापारी मार्फत महानगरपालिकाले तोकेका बिक्री केन्द्रमा लगेर बिक्रीको प्रबन्ध मिलाईएको महानगरको दाबी छ ।
महानगरले अस्थायी बजारमा खुद्रा र थोक दुवै थरी कारोबार हुने जनाएको छ।
FACEBOOK COMMENTS