काठमाडौँ, भदौ २९ । देशमा एकतन्त्रीय राज हुँदा आम उपभोक्ताले पाउने वस्तु तथा सेवा सहज तरिकाले पाउन नसकिएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बताएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चको १४औँ वार्षिक साभारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
केन्द्रीय अध्यक्ष महर्जनले बजारमा भइरहेको अस्वस्थ्य प्रतिश्प्रधाका असरहरु बताउँदै यस्तो खालको प्रतिश्पर्धाले उपभोक्ताले सरल र सहज तरिकाले वस्तु तथा सेवाको उपभोग गर्न नसकेको बताए ।
‘वर्षेनी चार्ड पर्वका बेलामा उपभोक्ता ठगिएका र व्यवसायीले कालोबजारी बढ्दै गएको छ । सरकारले बजार अनुगमनका लागि उपयुक्त बजेट उपलब्ध गराउन सकेको छैन । यसको सदैब बजारमा उपयुक्त अनुगमन टोलि खटाउन आवश्यक छ । हरेक सामानमा गुणस्तरहिन मिसावटका कारण अहिले सरकारले स्वच्छ वातावरण बनाउन सकेको छैन् ।’
सरकारले बजारलाई व्यवस्थित र प्रतिश्पर्धात्मक बनाउन बजेट र जनशक्ति उपयुक्त रुपमा पुर्याउन आवश्यक रहेको उनले बताए । उनी भन्छन,‘बजार र वातावरणलाई प्रतिश्पर्धात्मक बनाउन स्रोत र साधनको आवश्यक छ ।’
सरकारले आम उपभोक्तालाई असर नपर्ने र बजारलाई प्रत्यक्ष असर पर्ने खालका नीति नियमहरु प्रस्तुत नगर्न महर्जनले आग्रह गरे ।
FACEBOOK COMMENTS