काठमाण्डौं — काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई ५ करोड रुपियाँ उपलब्ध गराएको छ ।
मेयर विद्यासुन्दर शाक्यले समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपियाँ चेक प्रदान गरेका हुन्।
करिब ३ महिनाअघिदेखि शुरू भएको काष्ठमण्डप पुनर्निर्माण कार्यलाई अघि बढाउन उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको छ ।
यसअघि गएको जेठ २९ गते ५० लाख रुपियाँ उपलब्ध गराइएको थियो ।
— नेपाल समाचारपत्र
FACEBOOK COMMENTS