काठमाडौ, ९ मंसिर – कोरोना भाइरसको खोप बनेको समाचार दैनिक रुपमा आइरहेका छन् । खोप बनेसँगै त्यसको अन्तिम परीक्षण गर्ने र त्यसलाई कसरी विश्वका सबै देशमा पु¥याउन सकिन्छ भनेर कोभ्याक्स टिम (विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंक) तयारी थालेको छ ।
अहिले नेपालमा माइनस १८ डिग्रीसम्म खोपको भण्डारण गर्न सक्ने क्षमता छ । अहिले भएको क्षमतामा केही थप गरेमा डब्ल्युएचओले उपलब्ध गराउने तीन प्रतिशत खोप भण्डारण गर्न सक्ने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताउनुभयो ।
अहिले हामीसँग भएको भण्डारणमा केही थप गरेमा तीन प्रतिशतमा पुग्ने भण्डारण गर्न सक्छ । त्यस्तै नेपालमा विगतदेखि नै भण्डारण गर्दैै आएको र २ डिग्रीदेखि ८ डिग्रीसम्मको आठ लाख डोज भण्डारण गर्न सक्ने क्षमता नेपालसँग रहेको डा. शर्माले भन्नुभयो ।
अन्तिम परीक्षण पूरा भएमा र यसले कोभिडको संक्रमण रोक्ने पुष्टि गरेमा विश्वका धनी, गरिब सबै देशका कम्तीमा तीन प्रतिशत फ्रन्र्ट लाइनरहरुलाई एकै पटक खोप लगाउने तयारी गरेको छ । विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंकको टोलीले कोरोनाको खोप बारे निर्णय गरेसँगै एक पटक विश्वका तीन प्रतिशत देशका नागरिकलाई खोप लगाउँछ ।
विश्वका धेरै देशहरुमा कोरोनाको खोपको अन्तिम परीक्षणको तयारीमा रहेको बेला नेपाल सरकारले समेत खोप बारे चासो देखाएको छ । खोप आउन सक्ने मिति, भण्डारण तथा वितरण कसरी गर्ने भनेर सरकारी संयन्त्रले यसको तयारी थालेको छ ।
शाखा प्रमुख डा. गौतमले नेपाल खोप ल्याउन सक्ने सम्भावनाको आधारमा तयारीको अवस्थामा रहेको बताउनुभयो । ‘खोप उत्पादन भएसँगै धनी, गरिब सबै देशका नागरिकलाई एकै पटक विश्व स्वास्थ्य संगठनले खोपको भाइल उपलब्ध गराउँछ’ डा.गौतमले थप्नुभयो, ‘त्यसको लागि कोभ्याक्सले सबै देशमा खोप उपलब्ध गराउँदैछ ।’ – गोरखापत्र दैनिक
FACEBOOK COMMENTS