कधाठमाण्डौँ – सरकारी नीतिले प्रवद्र्धन गरे पनि नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग भने धेरै कम छ ।
तराईमा इलेक्ट्रिक रिक्साको प्रयोग तुलनात्मक बलियो देखिए पनि पछिल्लो समय पेट्रोल इन्जिनयुक्त अटो रिक्साले उछिनेको छ ।
कार, बाइक र स्कुटरको प्रयोग त औँलामा गन्न सक्ने संख्यामा छन् ।
गत आर्थिक वर्ष ०७४–७५ मा बाइक, स्कुटर मात्र साढे तीन लाख आयात भएका छन् ।
बागमती अञ्चलमा मात्र १० लाख भन्दा बढी सवारीसाधन दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांक छ ।
तर, अहिलेसम्म सञ्चालनमा आएका इलेक्ट्रिक भेहिकलको संख्या ५ हजारभन्दा बढी नरहेको व्यवसायीहरू बताउँछन् ।
आयातमा सरकारले भन्सार सहुलियत दिए पनि विद्युतीय सवारीमा उपभोक्ताको रुचि त्यति देखिएको छैन ।
तर, नेपालमा बढ्दो प्रदूषणलाई न्यूनीकरण गर्न इलेक्ट्रिक भेहिकल नै उपयुक्त विकल्प रहेको विद्युतीय परिवहन उत्पादन तथा आयात संघ नेपालका सचिव भरत पौडेलले बताए ।
बिक्री नहुनुका कारण यस्ता छन् ।
कमजोर सस्पेन्सन
साना व्यवसायी संलग्न
महँगो मूल्य
चार्जिङ प्लग छैन
–नयाँ पत्रिका
FACEBOOK COMMENTS