काठमाण्डौँ — किबी खेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यान्वयनमा आउन लागेको किबी जोनका लागि इलाम क्षेत्र छनोट गरिएको छ ।
जोनका लागि सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका ४ वटा वडा छनोटमा परेका छन् ।
किबी उत्पादन हुने सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका केही वडालाई किबी जोन घोषणा गरिएको छ ।
सन्दकपुर गाउँपालिकाका ५ वटै वडा र इलाम नगरपालिकाका १, २, ३ र ४ नम्बर वडामा जोन कार्यक्रम हुनेछ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा किबी जोन कार्यक्रम सञ्चालन हुने निश्चित भएको हो ।
पाँच सय हेक्टरभन्दा धेरै जमिनमा किबी खेती भएको र यो क्षेत्र जोन सञ्चालनका लागि उपयुक्त देखिएको छ ।
यी बाहेक कृषकको मागअनुसार उपयुक्त मापदण्ड पुगेका स्थानलाई पकेट कार्यक्रम सञ्चालन गरिने भएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS