काठमाडौं, साउन १० – काठमाडौंका बुद्ध तामाङ किरा फट्याङ्ग्रा खान्छन्, त्यो पनि नपकाई।
उनले किरा फट्याङ्ग्रा खान थालेको भने सानो उमेर देखि नै हो। गाउँका बुढापाकाले कस्ता जीव खाने र कस्ता नखाने भनेर सुनाएको उनलाई सम्झना छ। तर सानै उमेर किरा फट्याङ्ग्रा र वनस्पती खाँदा रोगले समात्ला भन्दै उनलाई तीनै बुढापाकाले गाली गरे। टेलिभिजनहरुमा उनले किरा र जीव जनावर खाइरहेको कार्यक्रम देखेपछि भने उनलाई पनि खाए हुने रहेछ भन्ने हौसला मिल्यो।
उनी एनिमल प्लानेट र डिस्कभरी जस्ता टेलिभिजन शो हेरेर हुर्किए। त्यसयता उनले पानी पाइने, जंगलमा बस्ने धेरै जनावर र किरा फट्याङ्ग्रा खाएका छन्। उनले यसलाई आफ्नो शौखका रुपमा विकास गरेका छन्।
FACEBOOK COMMENTS