काठमाडौं, फागुन ३ – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्ष किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रूपमा प्रधानको गृहनगर विराटनगरमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच प्रधानले उम्मेदवारी घोषणा गरेका हुन् ।
आगामी चैत २८ गते हुने महासंघको निर्वाचनका लागि प्रधानले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्। महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्ष विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशीलगायतको उपस्थितिमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा गर्दै प्रधानले भने –‘मेरो उम्मेदवारी महासंघलाई सबल, सक्षम र उद्योगी व्यवसायीको अभिभावक संस्था बनाउन हो।’ महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछन्।
FACEBOOK COMMENTS