काठमाडौं, मंसिर १- विश्व कीर्तिमानी आरोही निर्मल पुर्जालाई नविल बैंकले ‘नविल हिरो’ को उपाधिबाट सम्मान गरेको छ ।
पुर्जाले सात महिनाको अवधि मै ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्व किर्तीमान कामय गरेका थिए।
पुर्जाको साहसिक आरोहणलाई सम्मान गर्दै बैंकले ७ लाख राशीको पुरस्कारसहित उपाधिबाट सम्मान गरेको नविल बैंकका सीईओ अनिल केशरी साहले जानकारी दिए ।
आगामी दिनमा बैंकले समाजमा प्रोत्साहनमुलक काम गर्ने नेपाली नागरिकलाई प्रोत्साहन गर्दै हिरो घोषणा गर्दै जाने लक्ष्य बनाएको छ।उनले भने-‘हरेक युवामा हिरो बन्ने क्षमता छ।’
कार्यक्रममा पुर्जाले पर्वतारोहणका क्रममा आफ्ना अनुभव बाँडेका थिए। म्याग्दीका स्थायी वासिन्दा पुर्जाले हिमाल आरोहणकै लागि ब्रिटिस सेनाको जागिर छाडेका थिए ।
FACEBOOK COMMENTS