काठमाडौं, फागुन २५ -श्रीलङ्काको बहुचर्चित प्रसिद्ध ब्राण्ड कुमारिका र बेबी शेरामीको उत्पादन अब नेपाली बजारमा आएको छ । शुक्रबारदेखी ब्राण्ड कुमारिका र बेबी शेरामी औपचारिक रुपमा नेपालमा बिक्रि खुल्ला गरिएको हो ।
कपाल र बालबालिकाको हेरचाहका लागि हेमाज म्यानुफ्याक्चरिङले सो ब्राण्डका उत्पादन नेपाली बजारमा ल्याएको हो । हेमाज एक श्रीलङक्न संगठन हो जुन विगत ७० वर्ष देखिको पौराणिक सम्पदा बोकेर विभिन्न क्षेत्र, यातायात, स्वास्थ सेवा र अन्य क्षत्रमा कार्यरत रहदै आएको छ ।
कम्पनीले बेबीकेयर )साबुन, स्याम्पु, कोलोन, क्रिम, लोसन), ओरल केयर (मन्जन,माउथवास०), स्किन केयर (साबुन, लोसन, बडि वास), हेयर केयर (ओइल,स्याम्पु,कन्डिसनर,सिरम), सुगन्ध अत्तर स्यानिटरी न्यापकिन्सलगायत बजारीकरण गर्दै आएको नमस्ते ट्रेड लिंक प्रा. लि.का अध्यक्ष तारा बहादुर कुँवरले जानकारी दिए ।
कुमारिका ब्राण्डकोे कपालको तेल एक हर्बल तेल हो जुन नरिवलको तेलमा प्राकृतिक जडिबुटिहरु मिलाई तयार पारिएको हो । यसले कपाललाई आकर्षक र सुन्दर पार्छ जुन विश्वको सबै ग्राहकमाझ हर्बल तेल सुन्दर कपालको लागि भनेर चिनिएकोे छ । कुमारिकामा हेयर आयल, स्याम्पु, कण्डिशनर,शिरम रहेका छन् ।

सन् १९६२ मा फ्रान्सेली बहुराष्ट्रिय कम्पनीका सहकार्यमा शुरुवात भएको थियो । यस ब्राण्डका उत्पादनहरु कोलोन, क्रीम, लोसन, स्याम्पु , साबन, पाउडर र अन्य बालबालीकाका उत्पादनहरु समावेश गरेका छन् ।

यसका उत्पादनहरु भारत, मलेशिया, माल्दिब्स, पाकिस्तान, लेबनन, बङ्गलादेश, यूके, न्यूजिल्याण्ड, अष्ट्रेलिया र द मिडल ईष्ट जस्ता देशहरुमा निर्यात भइरहेका छन् र अझै नयाँ मार्केटका लागि विस्तारमा छन् ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, हेमाज म्यानुफ्याक्चरिङ प्रा। लि का निर्देशक रोय जोसेफको उपस्थिती रहेको थियो । हेमाज म्यानुफ्याक्चरिङ प्रा। लि का उत्पादन कुमारीका र बेबी शेरामीको नेपालको लागि आधिकारिक बिक्रेता नमस्ते टे«ड लिड्ढ प्रा. लि. रहेको छ ।