काठमाडौं, फागुन २६ –कुमारी ईक्वीटी फण्डमा माग गरे भन्दा ३५ प्रतिशतले बढी इकाई खरिदका लागि आवेदन परेको छ । कम्पनीले फण्डमा आवेदकहरुबाट माग गरे भन्दा ३५ प्रतिशतले बढी इकाई खरिदका लागि आवेदन दिई विश्वसनीयता प्रति सबै लगानीकर्ताहरुमा हार्दिक कृतज्ञता जनाएको हो ।
फण्डको प्रति इकाई मूल्य १० रुपैयाँ अंकित दरको ८ करोड इकाईहरु फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरि फागुन २५ गने निष्काशन तथा बिक्री बन्द गरिएको थियो ।
कम्पनीले कोष प्रबद्र्धक एवं योजना व्यवस्थापकले आगामी दिनहरुमा समेत निरन्तर सहयोग र सद्भावको अपेक्षा राखेको जनाएको छ । साथै, आम लगानीकर्ताहरुले देखाएको विश्वसनियतालाई आगामी दिनहरुमा कायम राख्दै अगाडी बढ्ने कम्पनीले प्रतिवद्धता व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS