काठमाडौं, भदौ ११ । कुमारी बैंकले गत आर्थिक वर्ष २०७५–७६ को नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस र यसमा लाग्ने कर तिर्न ० दशमलव ५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले ८६ करोड ८५ लाख ५७ हजार ३१२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न भने ४ करोड ५७ लाख १३ हजार ५४२ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।
यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । हाल कुमारीको चुक्ता पुँजी ८ अर्ब ६८ करोड ५५ लाख ७३ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार ४३९ रुपैयाँ पुग्नेछ ।
असार मसान्तसम्म कुमारीले १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ६४ पैसा छ ।
FACEBOOK COMMENTS