काठमाडौं, माघ ११ – चिनियाँ ब्राण्डका २ नयाँ मोडलका मोवाईलहरु नेपाली बजारमा सार्वजनिक भएको छ ।
मोबाइल फोन ब्राण्ड कुलप्याडले नेपाली बजारमा आफ्नो उपस्थिती ससक्त बनाउँदै जाँदा चिनियाँ ब्राण्डले नेपाली बजारमा हालै २ नयाँ मोडलहरु सार्वजनिक गरेको हो । नेपालको लागि कुलप्याड मोबाइलको आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले शुक्रबार एक कार्यक्रमका बिच कूल १० र कूल एस नामक दुई मोडलका स्मार्टफोनहरु बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको दुबै मोडलहरु युवा ग्राहकहरुका लागि लक्षित गरेर ल्याईएको छ । कम्पनीका जनरल म्यानेरज कर्पोरेट हेड उपेन्द्र साहले नेपाली बजारमा छोटो समयमा नै कुलप्याडका फोनहरुले बजार लिन सफल भएको र ग्राहकहरुले निकै रुचाएको बताए । कुलप्याडका फोनहरु नयाँ आविश्कारीक र आकर्षक डिजाइनका साथै उच्चस्तरीय फोनहरु भएको कारण युवा पुस्ताले निकै मनपराउनु भएको छ । कुलप्याड अन्तराष्ट्रिय ब्राण्ड भएको हुँदा पनि उच्च गुणस्तरका फोन भित्र्याईरहेका छौं ।
कम्पनीका जनरल म्यानेरज कर्पोरेट हेड उपेन्द्र साहले भने । उनले नेपाली बजारलाई लक्षित गरेर नयाँ नयाँ मोडलहरु समेत ल्याउने तयारीमा रहेको जानकारी दिए ।
FACEBOOK COMMENTS