अन्जनराज न्यौपाने
तनहुँ, २० जेठ – शुक्लागण्डकी नगरपालिका (४ का स्थानीय किसानहरुलाई ६ लाख मुल्यबराबरको धानको बीउ वितरण गरिएको छ। कुल १ सय ८० हेक्टर क्षेत्रफलका लागि किसानहरुलाई धान वितरण गरिएको हो।
धानका बिउहरुमा राधासात सावित्री , वार, रामधान लगायतका उन्नत जातका धानका बिउहरु वितरण गरिएको शुक्ला गण्डकि नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख नवराज पण्डितले बताए ।
उनका अनुसार ९ लाख ६० हजार बराबरको बीउ विजन ४३ सय पोका पुर्ण अनुदानमा वितरण गरिएको छ। स्थानीय कृषकहरु गाई, भैंसी, बाख्रा र पशुपालन ब्यबसाय, माछापालन र कुखुरा पालनमा आत्मनिर्भर भएको जानकारी उनले दिए।धानको बीउकालागि ५० प्रतिशत कार्यालयबाट र कृषकबाट ५० प्रतिशत लगानी हुनेछ ।
शुक्लागण्डकीका किसानहरु धान खेती र मकै खेतीमा आत्मनिर्भरता भएका छन् भने माछामासुमा भन्दा दुग्ध ब्यबसायमा केन्द्रित देखिन्छन्।
FACEBOOK COMMENTS