काठमाडौं, असोज ११ – कृषि अनुसन्धान परिषद् नार्कको कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त भएका छन् । भण्डारी यसअघि नार्ककै निमित्त कार्यकारी निर्देशक थिए । ६ महिनाअघि डा. भण्डारीलाई कायममुकायम मुकरर गरिएको थियो । ६ महिनाभन्दा बढी कामु बस्न नमिल्ने भएकाले निमित्त बनाइएको थियो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले डा. भण्डारीलाई वरीयतामध्येबाट कार्यकारी निर्देशक नियुक्त गरिएको कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले जानकारी दिए । नार्कको उक्त पद तीन वर्षदेखि रिक्त रहेको भुसालले बाह्रखरीलाई जानकारी दिए ।
FACEBOOK COMMENTS