काठमाडौं,पुस २० – कृषि विकास बैंकको सिस्टम ह्याक गरी एक करोड भन्दा बढी रकम निकालेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।
ह्याकिंङ गरेको एक करोड रकम सहित फरार रहेका मोरंगका रंगेली नगरपालिका २ का ४३ बर्षीया दिपक नेपाललाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालले नाइजेरियन तथा भारतीय कुख्यात ह्याकरसँग मिलेर भारतको मुम्बई तथा नेपालमा बसी नेपाली बैंकहरुको रकम निकाल्ने गरेका थिए।
पक्राउ परेका नेपालले ५ अर्बभन्दा बढी रकम ह्याक गरी निकाल्ने योजना बनाएको प्रहरीले दाबी गरेको छ ।
नेपाललाई महानगरीय अपराध महाशाखाको बिशेष अनुसन्धान टोलिले पुष १८ गते पक्राउ गरि आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालत पठाईएको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन।
FACEBOOK COMMENTS