काठमाडौँ । कृषि विकास बैंकका ग्राहकले हर्जाना ब्याजमा शतप्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका ग्राहकले ५० प्रतिशतदेखि शतप्रतिशतसम्म छुट पाउने भएका हुन् ।
बैंकले २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने ग्राहकलाई हर्जाना ब्याजमा ५० प्रतिशतदेखि शतप्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो ।
साथै, बैंकले सबै ग्राहकलाई यस छुटकाे उपयाेग गरी लाभान्वित हुन अनुराेध गरेकाे छ ।
FACEBOOK COMMENTS