काठमाण्डौं – चाबहिलस्थित केएल मोबाइल हबद्धारा सञ्चालित मोबाइल मेलाको समय थप गरिएको छ।
केएल टावरमा जारी मेला भदौ १६ गतेसम्म सञ्चालन हुनेछ।
‘अफरभित्रको अफर’ सहितको मेलामा ग्राहक सहभागिता बढेपछि समय थप गरिएको आयोजकले जनाएको छ ।
मेला अवधिभर सामसङ ग्यालेक्सी नोट–९ प्रिबुकिङ गरी जुनसुकै स्मार्ट फोनसँग ग्यालेक्सी नोट–९ साट्न पाइने सुविधासमेत थप गरिएको छ।
मोबाइल हबले आफ्नो पहिलो वार्षिकत्सवको अवसर पारेर मोबाइल मेला सञ्चालन गरेको हो।
एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा पाइने योजनाले मेलाको आकर्षण बढेको आयोजकको भनाइ छ।
– नागरीक
FACEBOOK COMMENTS