काठमाडौं, फागुन १२ – नेकपा प्रचण्ड-नेपाल समूहका केन्द्रीय कमिटी सदस्य जीवनराम श्रेष्ठले सर्वोच्च अदालतले संसद् विघटनको कदम बदर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता अन्त्य भएको बताएका छन् । विजयी जुलुसमा बोल्दै उनले अब ओली प्रवृत्तिको अन्य गर्नु आवश्यक रहेको बताए ।
उनले प्रधानमन्त्री ओलीको राजीनामा आउने अपेक्षा गरे पनि त्यस्तो नभएकाले अब बालुवाटारबाट निकाल्नुपर्ने उनको भनाइ थियो । ओलीको मनपर्ने साधन बयलगाडा भएको कटाक्ष गर्दै उनले भने, “बालुवाटारबाट निवासमा जान बयलगाढाको चाजोपाँजो मिलाउँदै हुनुहोला ।”
राष्ट्रपतिले पनि जनविरोधी काम गर्दा कस्तो परिणाम आउँछ भन्ने बुझेको होला भन्दै प्रश्न पनि गरे ।
FACEBOOK COMMENTS