काठमाडौं – केरुङ–काठमाडौं रेलमार्ग अन्तर्गत नेपाली सीमानाभित्र पर्ने रसुवागढी–काठमाडौं खण्डको निर्माण लागत करीब रू. २ खर्ब ५७ अर्ब लाग्ने भएको छ ।
चीन सरकारले गरेको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनका अनुसार प्रतिकिलोमिटर करीब रू. ३ अर्ब ५५ करोड पर्ने भएको छ ।
करीब ७२ दशमलव २५ किलोमिटर लामो रेलमार्गको ९८ दशमलव ५ प्रतिशत भाग पुल तथा टनेलले ओगट्ने प्रवक्ता रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायको भनाइ छ ।
रेलमार्ग निर्माण गर्न करीब ९ वर्ष लाग्ने प्रारम्भिक अनुमानमा देखिएको उनले बताए ।
चीन सरकारले सहुलियत ऋणमा रेलमार्ग निर्माण गर्न सकिने बताउँदै आएको छ । नेपालले भने अनुदानमा निर्माण गरिदिन आग्रह गरिरहेको छ ।
FACEBOOK COMMENTS