काठमाडौं, २ फागुन-केरुङ नाकाबाट आयात-निर्यात सहज तुल्याउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।केरुङ नाकाबाट दैनिक पाँच कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा पर्नु दुःखद भएको भन्दै कांग्रेसले आयात-सहज बनाउने पहल गर्न सरकारसँग माग गरेको हो ।
कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै व्यवसायी मर्कामा परेको र राजश्व संकलनमा पनि असर परेको भन्दै चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर समस्याको समाधान खोज्न सरकारसँग माग गरेका हुन् ।
चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा प्रवेशमा कडाइ र आवागमन बन्द गर्ने क्रममा सरकारले केरुङ नाका पनि बन्द गरेको थियो ।
२०७६ माघ १५ देखि असार २७ सम्म पूर्णरुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको थियो । अहिले स्थिति सहज बने पनि थोरै संख्यामा मात्र कन्टेरलाई प्रवेश दिइँदा व्यवसायी मर्कामा परेका छन् ।
FACEBOOK COMMENTS