काठमाण्डौँ — केरुङमा बाक्लो हिमपात भएपछि नेपाल आउने तयारीमा रहेका कन्टेनर उतै रोकिएका छन् ।
हिमपातसँगै चिसो बढेपछि कन्टेनरमा सिल लगाउने कामसमेत रोकिएको छ।
बुधबार करिब एक सय वटा कन्टेनरमा सिल लगाउने तयारी भएको थियो ।
केरुङ जान लागेका कन्टेनर पनि बाटोमै रोकिएका छन् ।
ठोङसाभन्दा माथि बाक्लो हिमपात भएको सीमा प्रहरी चौकी टिमुरेका सई कुमार थापाले बताए । ‘
हल्का वर्षासँगै मंगलबार रातिबाट रसुवा जिल्लाको उच्च हिमाली भू–भागमा हिमपात भएको छ ।
.— कान्तिपुर
FACEBOOK COMMENTS