काठमाडौं, जेठ २९ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८(५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
यसरी नियुक्त भएका नेपाली नवलपरासीपूर्व–१ ‘क’ बाट प्रदेशसभामा निर्वाचित सांसद हुन् । राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्केका ७१ वर्षीय नेपालीको जन्म तनहुँ जिल्लामा भएको थियो ।
उनले तनहुँ हुँदै नवलपरासी जिल्लालाई राजनीतिक कर्मथलो बनाएका थिए । विद्यार्थी जीवनदेखि नै राजनीतिमा प्रवेश गरेका उनी पटक–पटक जेल समेत गएका थिए ।
उनी ४ पटक नेपाली कांग्रेसको नवलपरासीको सभापति पनि भइसकेका व्यक्ति हुन् । २०७० सालको प्रतिनिधिसभा निर्वाचनमा थोरै मतले पराजित भएका उनी ०७४ सालमा भएको पछिल्लो प्रदेशसभा निर्वाचनमा केही मतले विजयी बनेर गण्डकी प्रदेशसभाको सदस्य बनेका थिए ।
उनी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेता हुन् ।
FACEBOOK COMMENTS